Sat. Nov 23rd, 2024

बेलायत र स्पेनका अधिकारीहरु भन्छन्: काबुलबाट सबैको उद्धार नहुन सक्छ

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । स्पेनले आफ्नो देशको मिशन र आफ्नो सरकारसँग काम गरेका सबै अफगान नागरिकको अफगानिस्तानबाट उद्धार गर्न नसकिने बताएको छ।

त्यसका लागि स्थलमा विद्यमान “नाटकीय घटनाक्रम”लाई जिम्मेवार ठहर्‍याइएको छ। “हामीले सकेसम्म जति धेरै मानिसको उद्धार गर्न सकिन्छ त्यो गर्छौँ, तर हामीसँग असम्बन्धित कारणहरूले गर्दा त्यहाँ मानिसहरू छुट्नेछन्,” स्पेनकी रक्षामन्त्री मार्गरिटा रोब्लेसले एउटा रेडिओ अन्तर्वार्तामा भन्नु भएको छ ।

उहाँका ब्रिटिश समकक्षी बेन वालेसले पनि यसअघि त्यस्तै सावधानीपूर्ण सन्देश दिनुभएको थियो । तालिबानसँग सहमति भएको अगस्ट ३१ को समयसीमा अघि सबैलाई उद्धार गर्न नसकिने उहाँको भनाइ थियो।

ब्रिटेनका रक्षामन्त्रीका अनुसार आगामी अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट मानिसहरूलाई उद्धार गरिसक्ने भनी निर्धारण गरिएको समयसीमा लम्बिने सम्भावना छैन।

बीबीसी ब्रेकफास्ट कार्यक्रममा बोल्दै मन्त्री बेन वालेसले यूकेले अवश्य पनि थप समय चाहेको तर उक्त समयसीमापछि प्राप्त हुने प्रत्येक दिन नै ठूलो उपलब्धि बताउनु भयो ।

तर तालिबानले उक्त समयसीमा लम्बाउने कुनै पनि कदम अमेरिकासँग गरिएको सम्झौता विपरीत हुने बताएको छ। बीबीसी

Facebook Comments