Thu. May 16th, 2024

८० प्रतिशत चिनियाँलाई खोप लगाएपछि चीनमा हर्ड इम्युनिटी हुनेछ: चुङ नानशान

काठमाण्डौं, २०७८ भदौं ६ गते आईतबार । पाँचौँ चीन-अरब एक्स्पोको स्वास्थ्य उद्योग मञ्च एवम् तेस्रो “इन्टर्नेटंचिकित्सा” एप्स सम्मेलन चीनको यिन छ्वान शहरमा अगष्ट २० तारिख बिहान आयोजना भएको छ। सो अवसरमा चीनको इन्जिनियरिङ प्रतिष्ठानका सदस्य चुङ नानशानले भिडियोमार्फत सबैलाई कोभिड -१९ भारइसको डेल्टा उत्परिवर्तित स्वरूपको नियन्त्रण गर्नेबारेको अनुभव आदान प्रदान गर्नभुएको छ।

चुङ नानशानका अनुसार, यसअघि क्वाङ्चौ महामारीको अध्ययन गरेबाट डेल्टा उत्परिवर्तित स्वरूपमाथि चिनियाँ निष्क्रिय खोपको संरक्षण दर लगभग ६०प्रतिशत पुगेको छ भने गम्भीर लक्षणको संरक्षण दर १०० प्रतिशत पुगेको देखिएको छ। भाइरसको मुख्य काम गर्ने क्षमता जिनेटिकली वा रसायनद्वारा निस्क्रिय गरिएको खोपलाई इनएक्टिभेटेड भ्याक्सिन भनिन्छ। पछिल्लो सूचनाका अनुसार, चिनियाँ निष्क्रिय खोपको दोस्रो डोज लगाएको ६ महिनापछि फेरि एक डोज लगाएमा एन्टिबडी स्तर १० गुणाभन्दा बढी उकासिनेछ। ८० प्रतिशतभन्दा बढी चिनियाँले खोप लगाएपछि चीनमा प्रभावकारी हर्ड इम्युनिटीको स्थापना हुनसक्ने चुङ नानशानले उल्लेख गर्नुभयो।

चुङ नानशानले जानकारी दिनुभएअनुसार, हाल प्रयोगशालाको अनुसन्धानबाट डेल्टा उत्परिवर्तित स्वरूपमाथि साइनोभ्याकलगायत चिनियाँ खोपको संरक्षण दर अलि कम भएको छ तर अझै धेरै प्रभावकारी भएको प्रमाणित भएको छ। सीआरआई

Facebook Comments