Fri. May 17th, 2024

आज २ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए, ३० जनाको मृत्यु

काठमाण्डौं, २०७८ भदौं ५ गते शनिबार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ ।

थप सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ४२४ तथा एन्टिजेनबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म छ लाख ९५ हजार ९२५ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव तीन प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

बितेका २४ घण्टमा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१८ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३० सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट २६ जनाको ज्यान गएको थियो ।

Facebook Comments