Sat. May 4th, 2024

कलाकार शम्भु थापाकाे काेराेना संक्रमणबाट निधन

काठमाण्डौं, २०७८ भदौं ५ गते शनिबार । कलाकार शम्भु थापा ‘बखते’को कोरोना सङ्क्रमणका कारण निधन भएको छ । एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएपछि थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।

६४ वर्षीय थापाको उपचारकै क्रममा आज शनिबार बिहान ४:४० बजे निधन भएको हो ।

 

थापाले हास्य टेलिश्रृंखलाहरू हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत साथै केही चलचित्रमासमेत अभिनय गर्नुभएको थियो । उहाँको निधनप्रति दुख व्यक्त गर्दै सैंयौं दर्शक र कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

Facebook Comments