Thu. May 2nd, 2024

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, आजै शपथ

- बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाई पदमुक्त

काठमाण्डौं, २०७८ भदौं ४ गते शुक्रबार । बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त हुुनुभएको छ । राष्ट्रपति  विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ र ५ र ३ गतेको बैठकको निर्णय र प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । शर्मा संखुवासभाका हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले नवनियुक्त बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आजै पद तथा गाेपनियताकाे शपथ गराउनुभएकाे छ।

यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा आजै नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको थियो ।

Facebook Comments