Sun. May 31st, 2026

पदकाे लाेभमा माधव नेपाल पक्षमा बस्नुपर्दैन, यता आएर जिम्मेवारी सम्हाल्नुस् : केपी ओली

       

काठमाण्डौं, २०७८ भदौं ३ गते बिहीबार ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवम् सांसदलाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज बिहीवार आयोजना गरेको कार्यक्रममा उहाँले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गर्नुभएको हो ।

उहाँले भन्नुभयो, यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नुपर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरि पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्नुस् ।

अध्यक्ष ओलीले आफूहरू सत्तापक्षमै रहेको दाबी गर्दै भन्नुभयो, प्रदेश र पालिकामा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र पालिकामा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ । उज्यालो अनलाईन

Facebook Comments