Fri. Apr 11th, 2025 05:57:46

कारबाही रोक्न माग गर्दै माधव पक्षीय १४ सांसद संसद सचिवालयमा

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदले कारबाही रोक्न माग गर्दै  निवेदन लिएर संसद् सचिवालय जानुभएको छ । नेकपा एमालेले मङ्गलबार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएका थिए ।

एमालेले ह्वीप उल्लङ्घन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरावेदी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीमाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा जानकारी दिएको थियो ।

यही कारबाही रोक्न माग गर्दै १४ सांसदको संयुक्त पत्र लिएर सांसद विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय जानुभएको हो । विरोध खतिवडाले अहिले आफूहरु संसद सचिवालयमै रहेको जानकारी दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments