Fri. May 17th, 2024

नेपालमा कोरोना भाइरसबाट थप १,९४७ जना संक्रमित, २० जनाको मृत्यु

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ६ सय ६७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ४ हजार ९ सय ६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै १० हजार २ सय ५९ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments