Wed. May 15th, 2024

चीनको परराष्ट्र मन्त्रालयद्वारा कोरोना भाइरसको उद्गम खोजी विषयमा चीनका लागि विदेशी राजदूतलाई ब्रिफिङ

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । चीनको परराष्ट्र मन्त्रालयले अगष्ट १३ तारिख कोरोना भाइरसको उद्गम खोजीको विषयमा चीनका लागि विदेशी राजदूतलाई ब्रिफिङ गरेको छ। परराष्ट्र मन्त्रालय, विज्ञान मन्त्रालय, स्वास्थ्य आयोग, चिनियाँ विज्ञान प्रतिष्ठान लगायत संस्थाका जिम्मेवार व्यक्तिहरुले विश्वमा कोरोना महामारीको प्रतिरोध कार्यमा चीनको संलग्नता र कोरोना भाइरसको उद्गम खोजी सम्बन्धी सहयोग लगायत विषयहरुबारे चीनको अडान स्पष्ट पार्दै वाह्य क्षेत्रले ध्यान दिएको विषयको जवाफ दिनुभएको छ।

विश्व स्वास्थ्य संगठनको सचिवालयले उसका सदस्य मुलुकहरुसँग छलफल नगरेको अवस्थामा कोरोना भाइरसको उद्गम खोजी सम्बन्धी दोस्रो चरणको कार्य योजना प्रस्तुत गरेको छ। हालसम्म ३० भन्दा बढी मुलुकहरुले यस कार्य योजनाको विरोध गरिसकेका छन्।

ब्रिफिङमा परराष्ट्र उप-मन्त्री मा चाउ श्वीले उक्त कार्य योजना चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त अनुसन्धान प्रतिबेदनको आधारमा नबनाइएको र प्रतिबेदनमा निकालिएको बैज्ञानिक निष्कर्श र राय-सुझावको स्वीकार नगरिएको हुनाले सदस्य मुलुकहरुले अवश्य नै त्यसमाथि शंका गरेका औँल्याउनुभयो। कोरोना भाइरसको उद्गम खोजीका लागि चीनका चार सूत्रीय अडान पनि उहाँले प्रष्ट पार्नुभयो। सीआरआई

Facebook Comments