Thu. May 16th, 2024

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु, २ हजार ९ सय ७५ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौं, २०७८ साउन २० गते बुधबार । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । सोही अवधिमा २ हजार ९ सय ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ९ सय ४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन् । कोरोनाको कारण आजसम्ममा ९ हजार ९ सय ९७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Facebook Comments