Sat. May 18th, 2024

टोकियो ओलम्पिकमा ३२ वटा स्वर्णसहित चीनको अग्रता यथावत

काठमाण्डौं, २०७८ साउन २० गते बुधबार । जापानमा जारी रहेको टोकियो ओलम्पिक २०२० मा चीन स्वर्ण पदक विजेताको आधारमा अग्र स्थानमा रहेको छ । जारी ओलम्पिकमा चीनले अहिलेसम्म ३२ स्वर्ण जितेको छ भने दोस्रो स्थानमा रहेको अमेरिको २५ स्वर्ण रहेको छ । तर पदक विजयको आधारमा भने अमेरिका पहिलो र चीन दोस्रो स्थानमा रहेको छ ।

अमेरिकाले २५ स्वर्ण, २९ रजत र २२ कास्य जित्दै समग्रमा ७६ पदक जितेको छ भने चीनले ३२ स्वर्ण, २१ रजत र १६ कास्यसहित ६९ वटा पदक जितेको छ ।

यस्तै, आयोजक जापान पदक विजेताको सूचिका तेस्रो स्थानमा रहेको छ । जापानले जारी ओलम्पिकमा २० स्वर्ण, ७ रजत र १२ कास्यसहित ३९ पदक जितेको छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाले १५ स्वर्ण, ४ रजत र १६ कास्यसहित ३५ पदक जितेको छ ।

यस्तै १३ स्वर्ण, २१ रजत र १८ कास्य सहित ५२ पदक जितेको रसियन ओलम्पिक कमिटि पाँचौ स्थानमा रहेको छ । ग्रेट ब्रिटेन १३ स्वर्ण, १७ रजत र १५ कास्यसहित ४५ पदक जितेर छैठौ स्थानमा छ भने ८ स्वर्ण, ८ रजत र १४ कास्य जितेको जर्मनी ३० पदकसँगै पदक सूचिको सातौँ स्थानमा छ । बीबीसी

Facebook Comments