Sun. May 19th, 2024

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ

काठमाण्डौं, २०७८ साउन २० गते बुधबार । कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने भएको छ । तत्काललाई सो परीक्षा स्थगित भएको भन्ने खवर सामाजिक सञ्जालमा फैलिए लगत्तै राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समयमा परीक्षा हुने बताएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भयो। बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उहाँले बताउनुभयो ।

साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गर्नुभयो । परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उहाँले स्पष्ट पार्नुभयो । गत जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको कारण हुँन सकेको थिएन ।

Facebook Comments