Fri. Sep 20th, 2024

नेपाल-चीन कुटनीतिक सम्बन्ध गाँसिएको ६६ बर्ष पुरा

काठमाण्डौं, २०७८ साउन १७ गते आईतबार । नेपाल र जनवादी गणतन्त्र चीनबीच कुटनीतिक सम्बन्ध गाँसिएको ६६ बर्ष पूरा भएको छ । ऐतिहासिक कालदेखि  भूगोल, धार्मिक तथा साँस्कृतिक एवं परम्पराले घनिष्ठ सम्बन्ध गाँसिएको नेपाल र चीनबीच सन् १९५५ को अगस्ट १ तारिखका दिन कूटनीतिक सम्बन्ध कायम भएपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।

नेपाल र चीनबीचको सम्बन्ध शताब्दियौ पुरानो र गहिरो रहँदै आएको छ । हामी दुई देशबीचको सम्बन्ध अनन्तकालदेखि नै मैत्रीपूर्ण र सौहाद्र्धताले भरिपूर्ण छ । महान चिनियाँ भिक्षु मञ्जुश्री, महान नेपाली भिक्षु तथा विद्धान बुद्धभद्ध त्यसैगरी चिनियाँ भिक्षु फा स्यान र स्वान चाङ, नेपाली राजकुमारी भृकुटी, नेपाली कलाकार अरनिको जस्ता युग पुरुष तथा विभूतिहरुले जोडेको नेपाल र चीनबीचको सम्बन्ध दिनप्रतिदिन अझ घनिष्ट बन्दै गएको छ । चिनियाँ तिर्थयात्री फा स्यान र स्वान चाङले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरे पश्चात यी दुई देशहरुका बीचमा ऐतिहासिक र बहुपक्षीय सहयोगको ढोका खुल्ला भएको हो ।

नेपाल र चीन यी दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरु प्रतिको अटल विश्वास र त्यसको आदर्शलाई उच्च सम्मान गर्दै आएका छन् । यस वर्ष हामी नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको वार्षिकोत्सव मनाईरहेका छौं ।६६ वर्षको यो अवधिमा असल छिमेकीको नाताले नेपाल र चीनबीचको आपसी सहयोग, सहकार्य, साझेदारी र भातृत्वले महत्वपूर्ण फड्को मारेको छ । नेपालले तिब्बत र थाईवानलाई चीनको अभिन्न भूभागको रुपमा मान्यता मात्र प्रदान गरेको छैन अपितू नेपालको भूमि प्रयोग गरेर गरिने कुनै पनि किसिमका चीन विरोधी गतिविधीलाई कडाईका साथ प्रतिबन्धित पनि गरेको छ । नेपाल तन, मन अनि वचनले एक चीननीति प्रति प्रतिवद्ध छ ।

त्यसैगरी नेपालको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताप्रति चीनको उच्च सम्मान रहँदै आएको छ । झण्डै सात दशक लामो आधुनिक सम्बन्धको अवधिमा चीनले नेपालको भौतिक पूर्वाधार विकास र नेपालको अर्थतन्त्रलाई सुद्धढ बनाउन महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आएको छ ।

नेपाल र चीन हिमाल, पहाड र नदीहरुले जोडिएका ऐतिहासिककालदेखिका असल छिमेकी, असल साथी र जस्तोसुकै आपत विपदको अवस्थामा पनि भरपर्न सकिने असल साझेदार मुलुक हुन् ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल चीन सम्बन्धले लगातार उच्चस्तरीय भ्रमण र व्यावहारिक सहयोग, जनता-जनताको आदानप्रदान र विविध क्षेत्रमा प्रशस्त उपलब्धि हासिल गरेको छ। झण्डै ७ दशक लामो हाम्रो कुटनीतिक सम्बन्ध दिनप्रतिदिन परिपक्व बन्दै जाँदा टंक प्रसाद आचार्य, विपि कोइराला, श्री ५ महेन्द्र, श्री ५ बीरेन्द्र, किर्तीनिधि विष्ट, कृष्ण प्रसाद भट्टराई, शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र केपी शर्मा ओली लगायतका राष्ट प्रमुख तथा सरकार प्रमुखहरुले चीनको मैत्रीपूर्ण भ्रमण सम्पन्न गर्नुभएको छ । दुई देशका नेताहरुबीच सम्पन्न भएका  यस्ता भ्रमणहरुबाट दुई देशबीचको आपसी सहयोग र समझदारी अझ विकसित हुँदै आएका छन् ।

 

त्यसैगरी चीनका प्रधानमन्त्री चाउ अनलाई, वरिष्ठ नेता तङ स्याओफिंग, राष्टाध्यक्ष  लि स्यान न्यान, राष्टाध्यक्ष च्याङ चमिन, राष्टाध्यक्ष सी चिनिफिङ, प्रधानमन्त्री वन च्या पाओले गर्नु भएको नेपालको मैत्रीपूर्ण भ्रमणबाट दुई देशबीचको ऐतिहासिक कालदेखिको सम्बन्धले नयाँ उचाई थपेको छ ।

सन् २०१९ को अक्टोबर महिनामा चीनका राष्ट्राध्यक्ष सी  चिनफिंगले नेपालको भ्रमण गर्नुभयो । झण्डै २३ वर्षपछि गरिएको चीनका राष्ट्राध्यक्षको सो भ्रमण भव्य मात्र नभएर ऐतिहासिक समेत बन्यो । सो भ्रमणका क्रममा दुई देशका नेताहरूले विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको सहकार्यको रणनीतिक साझेदारीलाई अझ माथि उकास्ने घोषणा गर्नुभयो ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्षसम्म आईपुग्दा दुईदेशबीच राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक लगायतका विभिन्न क्षेत्रको आपसी सहयोग र सहकार्य अनि जनता जनताबीचको आदान प्रदानले निरन्तर रुपमा प्रगतिका शिखरहरु चढिरहेको प्रष्ट हुन्छ । ६६ वर्षमा यी दुई मुलुकहरुले प्राप्त गरेका उपलब्धिहरु मित्रतालाई अझ दर्बिलो बनाउने र विकास तथा समृद्धिलाई अघि बढाईरहने दिशामा महत्वपूर्ण छन् ।

हामी आशा अनि विश्वास गर्छौ २१औं शताब्दिमा नेपाल र चीनबीचको मित्रता, आपसी सहयोग, सहकार्य र घनिष्टताले नयाँ युगमा नयाँ उचाई प्राप्त गर्नेछ । रे मिडिया ग्रुप नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ औं वार्षिकोत्सवको अवसरमा दुवै देशका जनतालाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

त्यसैगरी नेपालको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताप्रति चीनको उच्च सम्मान रहँदै आएको छ । झण्डै सात दशक लामो आधुनिक सम्बन्धको अवधिमा चीनले नेपालको भौतिक पूर्वाधार विकास र नेपालको अर्थतन्त्रलाई सुद्धढ बनाउन महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आएको छ ।

नेपाल र चीन हिमाल, पहाड र नदीहरुले जोडिएका ऐतिहासिककालदेखिका असल छिमेकी, असल साथी र जस्तोसुकै आपत विपदको अवस्थामा पनि भरपर्न सकिने असल साझेदार मुलुक हुन् ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल चीन सम्बन्धले लगातार उच्चस्तरीय भ्रमण र व्यावहारिक सहयोग, जनता-जनताको आदानप्रदान र विविध क्षेत्रमा प्रशस्त उपलब्धि हासिल गरेको छ। झण्डै ७ दशक लामो हाम्रो कुटनीतिक सम्बन्ध दिनप्रतिदिन परिपक्व बन्दै जाँदा टंक प्रसाद आचार्य, विपि कोेइराला, श्री ५ महेन्द्र, श्री ५ बीरेन्द्र, किर्तीनिधि विष्ट, कृष्ण प्रसाद भट्टराई, शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र केपी शर्मा ओली लगायतका राष्ट प्रमुख तथा सरकार प्रमुखहरुले चीनको मैत्रीपूर्ण भ्रमण सम्पन्न गर्नुभएको छ । दुई देशका नेताहरुबीच सम्पन्न भएका  यस्ता भ्रमणहरुबाट दुई देशबीचको आपसी सहयोग र समझदारी अझ विकसित हुँदै आएका छन् ।

त्यसैगरी चीनका प्रधानमन्त्री चाउ अनलाई, वरिष्ठ नेता तंग स्याओफिंग, राष्टाध्यक्ष  लि स्यान न्यान, राष्टाध्यक्ष च्यांग चमिन, राष्टाध्यक्ष सी चिनिफिंग, प्रधानमन्त्री वन च्या पाओले गर्नु भएको नेपालको मैत्रीपूर्ण भ्रमणबाट दुई देशबीचको ऐतिहासिक कालदेखिको सम्बन्धले नयाँ उचाई थपेको छ ।

सन् २०१९ को अक्टोबर महिनामा चीनका राष्ट्राध्यक्ष सी  चिनफिंगले नेपालको भ्रमण गर्नुभयो । झण्डै २३ वर्षपछि गरिएको चीनका राष्ट्राध्यक्षको सो भ्रमण भव्य मात्र नभएर ऐतिहासिक समेत बन्यो । सो भ्रमणका क्रममा दुई देशका नेताहरूले विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको सहकार्यको रणनीतिक साझेदारीलाई अझ माथि उकास्ने घोषणा गर्नुभयो ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्षसम्म आईपुग्दा दुईदेशबीच राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक लगायतका विभिन्न क्षेत्रको आपसी सहयोग र सहकार्य अनि जनता जनताबीचको आदान प्रदानले निरन्तर रुपमा प्रगतिका शिखरहरु चढिरहेको प्रष्ट हुन्छ । ६६ वर्षमा यी दुई मुलुकहरुले प्राप्त गरेका उपलब्धिहरु मित्रतालाई अझ दर्बिलो बनाउने र विकास तथा समृद्धिलाई अघि बढाईरहने दिशामा महत्वपूर्ण छन् ।

हामी आशा अनि विश्वास गर्छौ २१औं शताब्दिमा नेपाल र चीनबीचको मित्रता, आपसी सहयोग, सहकार्य र घनिष्टताले नयाँ युगमा नयाँ उचाई प्राप्त गर्नेछ । रे मिडिया ग्रुप नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ औं वार्षिकोत्सवको अवसरमा दुवै देशका जनतालाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

नेपाल चीन सम्बन्ध अमर रहोस् ।

Facebook Comments