Wed. May 6th, 2026

उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन

       

काठमाण्डौं, २०७८ साउन १६ गते शनिबार ।  जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो दलको शनिबार बसेको संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको हो। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको पार्टी अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिनुभयो ।

अध्यक्ष यादवका लागि संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादव समर्थक रहनुभएको थियो । जसपा संसदीय दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति थियो ।

Facebook Comments