Sat. May 18th, 2024

टोक्यो ओलम्पिकमा ६३ हजार जनसंख्या भएको सानो देशले पहिलो पटक स्वर्ण पदक गर्यो

काठमाण्डौं, २०७८ साउन १४ गते बिहीबार । ट्रायाथ्लन खेलमा फ्लोरा डफीको जितसँगै जम्मा ६३,००० हजार जनसङ्ख्या भएको बर्म्यूडा ग्रीष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश अथवा क्षेत्र बन्न पुगेको छ।

तेत्तीस वर्षीया फ्लोरा डफी चौथो पटक ओलम्पिकमा सहभागी हुनुभएको हो । उक्त खेलका लागि मैदानमा रहेका ५६ महिलामध्ये उहाँ उत्कृष्ट साबित हुनुभयो ।

उहाँले ट्रायाथ्लनका सबै कार्य एक घण्टा ५५ मिनेट ३६ सेकेन्डमा पूरा गर्नुभयो । त्यो भनेको ब्रिटेनकी जोर्जिया टेलर-ब्राउन र अमेरिकाकी केटी जाफेरेसको तुलनामा एक मिनेटभन्दा अगाडि हो।

ग्रीष्मकालीन ओलम्पिकमा पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देशको रेकर्ड यसअघि पनि बर्म्यूडाकै नाममा थियो। सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कांस्य पदक जितेपछि उक्त देशको नाममा त्यो कीर्तिमान कायम भएको थियो।

तर अहिले उसले स्वर्ण पदकको पनि कीर्तिमान बनाएको छ। बीबीसी

Facebook Comments