Thu. May 16th, 2024

उपेन्द्र यादवको पक्षमा जसपाको आधिकारिकता- निर्वाचन आयोग

काठमाण्डौं, २०७८ साउन ११ गते सोमबार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकताकाे मान्यता यादव पक्षलाई दिइएको जानकारी दिनुभयो ।

सोमबार आयोगले सनाखतका लागि बोलाएपछि जसपाका सबै ५१ केन्द्रीय कार्यकारिणी सदस्य उपस्थित हुनुभएको थियो । जसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्नुभएकाे थियाे भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गर्नुभएको थियो । रेशम चौधरी भने तटस्थ बस्नुभयो ।

Facebook Comments