Sat. Apr 20th, 2024

चिनियाँ युवती याङ छ्येनद्वारा टोकियो ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदक प्राप्त

- टोकियो ओलम्पिक

काठमाण्डौं, २०७८ साउन ९ गते शनिबार । चिनियाँ शुटिङ खेलाडी युवती याङ छ्येनले २४ तारिख टोकियो ओलम्पिक खेलकुद सन् २०२० को महिला १० मिटर एयर राइफलको प्रतियोगितामा यसै ओलम्पिकको पहिलो स्वर्ण पदक जित्नु भएको छ ।

धेरै वर्षयता शुटिङ खेल सधैँ नै ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदकको विषय बन्दै आएको हो। चिनियाँ महिला खेलाडी तु ली र यी स लिङले बेग्ला बेग्लै गरी सन् २००४ र २०१२ को ओलम्पिक खेलकुदमा त्यस खेलमा स्वर्ण पदक जित्नु भएको थियो ।

आजै पहिलो स्वर्ण पदक जित्नु भएकी खेलाडी याङ छ्येन सन् २००० मा जन्मिनु भएको हो । हुन्। उहाँ छिङहवा विश्वविद्यालयबाट स्नातक भएपछि राष्ट्रिय शुटिङ टोलीमा भर्ना हुनुभएको थियो । सन् २००० पछि जन्मिएकी एकजना जवान खेलाडीको हैसियतले उहाँ ओलम्पिक खेलकुदमा सहभागी भएको यो पहिलो पटक हो। सीआरआई

Facebook Comments