Thu. Apr 25th, 2024

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ग्रामीण क्षेत्रको शौचालय क्रान्तिलाई अघि बढाउन महत्वपूर्ण निर्देशन

काठमाण्डौं, २०७८ साउन ९ गते शनिबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल ग्रामीण क्षेत्रको शौचालय क्रान्तिलाई गहन रूपमा अघि बढाउनका लागि महत्वपूर्ण निर्देशन दिनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, बितेका केही वर्षयता ग्रामीण क्षेत्रको शौचालय क्रान्तिलाई निरन्तर रूपमा अघि बढाइँदै आएको, स्वस्थ शौचालयको प्रयोगलाई निरन्तर रूपमा फैलावट र प्रचार प्रसार गरिँदै आएको र गाउँलेहरूको आवास वातावरणलाई स्पष्टसँग सुधारिंदै आएको देखिन्छ।

देशभर ग्रामीण क्षेत्रको शौचालय क्रान्ति सम्बन्धी तत्स्थान सम्मेलन २३ तारिख हुनान प्रान्तको हङ याङ शहरमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् उप प्रधानमन्त्री हु छुन ह्वाले सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। सीआरआई

Facebook Comments