Tue. Apr 23rd, 2024

टोक्यो ओलम्पिकमा दुई जना नेपाली खेलाडी बाहिरिए

NSFJ

काठमाण्डौं, २०७८ साउन ९ गते शनिबार । टोक्यो ओलम्पिक उद्‌घाटनको दोस्रो दिन नेपाली खेलाडीहरू कल्पना परियार र सोनिया भट्टले खेल्ने मौका पाउनु भएको थियो । सो खेलमा शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित हुनुभएको छ ।

तर शुटिङकी कल्पना परियारले नयाँ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गर्नुभएको छ ।

महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गर्नुभएकी उहाँले प्रारम्भिक चरणमा ६ सय १६.८ स्कोर गर्दै आफैले बनाएको कीर्तिमान तोड्नु भएको छ ।

उहाँले यसअघि नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै कीर्तिमान बनाउनु भएको थियो ।

टोक्योको ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उहाँ समग्रमा ४६ औँ स्थान रहँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोड्नु भएको थियो ।

प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडीले मात्र अन्तिम चरणमा प्रवेश गरेका छन्। बीबीसी

Facebook Comments