Fri. Apr 26th, 2024

चारवटा अस्पतालबाट खोप प्रमाणीकरण सेवा सुरु

काठमाण्डौं, २०७८ साउन ८ गते शुक्रबार ।  विदेश जान आवश्यक खोप लगाएको प्रमाणीकरण गर्ने काम आजबाट चारवटा अस्पतालबाट हुने भएको छ । यस अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएकोमा सेवाग्राहीको अत्याधिक भीडभाड बढेपछि आजबाट चारवटा अस्पतालबाट उक्त सेवा शुरु गरिएको हो ।

अब यस्तो प्रमाणित कागज लिन चहाने सेवाग्राहीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल बलम्बु, सिभिल अस्पताल मीनभवन तथा पाटन अस्पतालबाट लिन पाउने स्वास्थ्य मन्त्रालयले व्यबस्था गरेको छ ।

ती अस्पतालहरुले निःशुल्क रुपमा यस किसिमको प्रमाणीकरणको कागजात उपलब्ध गराउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments