Wed. Apr 24th, 2024

टोकियो ओलम्पिकमा महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको सानदार सुरुवात

काठमाण्डौं, २०७८ साउन ७ गते बिहीबार । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् । गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५-० गोल अन्तरले पराजित गर्यो । यस्तै, नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०-३ गोल अन्तरले हरायो ।

नेदरल्याण्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गर्नुभयो भने लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले एक एक गोल गर्नुभयो । यस्तै गएरातिकै खेलमा स्वीडेनले अमेरिकालाई ३-० गोल अन्तरले पराजित गर्दा बेलायतले चिलीलाई २-० गोल अन्तरले हराएको छ ।

यस्तै, अस्ट्रेलियासँग न्यूजिल्याण्ड २-१ गोल अन्तरले पराजित भएको छ भने जापान र क्यानडाले १-१ गोल गर्दै बराबरी खेलेका छन् । उज्यालो अनलाईन

Facebook Comments