Fri. Apr 26th, 2024

चीनकी प्रथम महिला फङ ली युआनद्वारा शाङ्हाइ सहयोग संगठनको मञ्चलाई सम्बोधन

काठमाण्डौं, २०७८ साउन ६ गते बुधबार । चीनकी प्रथम महिला अर्थात् चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती एवम् युनेस्को अन्तर्गत महिला तथा बालबालिका शिक्षा विकास सम्बन्धी विशेष दूत फङ् ली युआनले जुलाई २० तारिख शाङहाइ सहयोग संगठनद्वारा आयोजित महिलाको शिक्षा तथा गरिबी निवारण विषयक मञ्चलाई भिडियोमार्फत सम्बोधन गर्नुभएको छ।

उहाँले गरिबी हटाउने र खुशीयालीयुक्त जीवन बिताउने यो धेरै महिलाहरूको साझा इच्छा रहेको बताउँदै शिक्षा पाएपछि ज्ञान तथा प्रविधि पाउनसक्ने भएकाले यसबाट महिलाहरू गरिबीमुक्त हुनसक्ने कुरा बताउनुभयो।

‘चीनको क्वै चौ प्रान्तीय सरकारको चिन स्यौ नामक महिला विशेष हस्तशिल्प उद्योगमार्फत ५ लाख भन्दा बढी महिलाले आफ्नो घरमै काम गर्न सक्छन् र स्थानीय रोजगारको समस्याको समाधान भएको देखिन्छ’, फङ ली युआनले भन्नुभयो, ‘छुन लै नामक परियोजनामार्फत ३० लाख भन्दा बढी गरिब बालिकाले शिक्षा पाएका छन्। यस्तो कुराहरू चीनमा सधैं नै हुँदै आइरहेको छ।’

शाङहाइ सहयोग संगठन स्थापनाको २० वर्ष यता विभिन्न देशका दिदी बहिनीहरूले “शाङहाइ आत्मा”को आधारमा महिलाको विकाससित सम्बन्धित भावनाबारे वैचारिक आदानप्रदान गरी विभिन्न क्षेत्रको सहकार्यलाई अघि बढाउँदै शाङहाइ संगठनको विकासमा योगदान दिएको कुरा पनि फङले व्यक्त गर्नुभएको छ। सीआरआई

Facebook Comments