Sat. Apr 20th, 2024

‘भेरोसेल’खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज राती चीन जाँदै

काठमाण्डौं, २०७८ साउन ६ गते बुधबार । चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज दोस्रो पटक आज राती ११ बजे चीनको राजधानी पैचिंग उड्ने भएको छ । गत विहिबारनै खोप ल्याउन पैचिंग उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भने पछि बुधबार ९आज० जहाज त्यसतर्फ जान लागेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले बताउनुभयो । निगमको बुधबार चार वटा डिपाचर हुने छ त्यसमा पैचिंग पनि ११ बजे वाइडवडी ३३० पैचिंगतर्फ प्रस्थान गर्ने उहाँले बताउनुभयो । निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार यस अघि असार २५ गते सरकारले पहिलो पटक ८ लाख ९ हजार ६०० डोज खोप ल्याएको थियो , भने भोलि सोही संख्यामा खोप ल्याउने जनाएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् । सरकारले चीन सरकारसँग सरकार–सरकार ९जिटुजी० मार्फत खोप ल्याएको हो ।

Facebook Comments