Fri. Apr 26th, 2024

चीनले बनायो प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा हुईकिने रेल

काठमाण्डौं, २०७८ साउन ६ गते बुधबार । हिजो (मंगलबार) चीनले पूर्वी तटीय सहर छिङताओमा प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा कुद्ने रेलको प्रारम्भिक भर्सन सार्वजनिक गरेको छ ।

चीनको सरकारी स्वामित्वमा रहेको रेलवे रोलिङ स्टक कोअपरेसनले ६ सय किलोमिटर प्रतिघन्टाका गतिमा कुद्ने म्यागलेभ ट्रेन स्वदेशमै बनाएपछि चीन ‘ट्रान्सपोर्ट सुपरपावर’ भएको दाबी गरेको छ ।

चीनले हिजो सार्वजनिक गरेको सो रेल ट्रयाकको माथि झुन्डिन्छ र इलेक्ट्रोम्याग्नेटिक शक्तिले ६ सय किलोमिटर प्रतिघन्टाको गतिमा कुद्छ ।

यो रेलले सेवा दिन सुरू गरेपछि राजधानी पैचिङदेखि सांघाई पुग्न साढे २ घन्टामात्रै लाग्नेछ जबकी जहाजमै यी दुई सहरबीच यात्रा गर्न तीन घन्टा लाग्छ भने हाइस्पिड रेलबाट साढे ५ घन्टा लाग्छ ।

तर चीनमा अहिलेसम्म कुनै सहरभित्र र अन्तर-सहरबीच यो गतिको रेल कुद्ने ट्रयाक बनिसकेको छैन । सांघाईमा विमानस्थलबाट सहरसम्म पुग्ने म्यागलेभ ट्रेन कुदने ट्रयाक छ ।

सांघाई र छन्तु जस्ता सहरले पनि उक्त रेल चलाउने ट्रयाक बनाउनेबारे अहिले अध्ययन गरिरहेका छन् । यो रेल पाँचदेखि दश वर्षमा व्यावसायिक प्रयोगमा ल्याउन सकिने चिनियाँ इन्जिनियरहरूले बताएका छन् । सिन्ह्वा

फोटो : सिन्ह्वा

Facebook Comments