Mon. May 6th, 2024

रेशम चौधरीको रिहा लगायतमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने जसपा ठाकुर पक्षको निर्णय

काठमाण्डौं, २०७८ साउन ६ गते बुधबार । जनता समाजवादी पार्टीले रेशम चौधरीको रिहाईको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने भएको छ ।

जसपा कार्यकारिणी समितीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा साउन २ गतेदेखि ५ गतेसम्म बसेको बैठकले पार्टीको माग, मुद्दा सम्बोधनार्थ प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित माग, मुद्दाका साथै राजनीतिक अडानहरु, संविधान संशोधन, नेता, कार्यकर्ताहरु माथि लगाइएको झुठा मुद्दाहरु फिर्ता, रेशम चौधरी रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्याको समाधान, लगायतका समस्याहरु समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट व्यक्त भएकाले आफूहरुको पार्टीले प्रधनमन्त्री देउवालाई विश्वासको मत प्रदान गरेको पनि पार्टीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments