Sun. May 5th, 2024

चिनियाँ संयुक्त कार्यकारी टोलीद्वारा पाकिस्तानसँग छानबीन कार्य शुरू

काठमाण्डौं, २०७८ साउन ४ गते सोमबार । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले चीनले निरन्तर रूपमा आतंकवाद विरोधी पाकिस्तानी शक्तिलाई दृढताका साथ समर्थन गर्नुका साथै पाकिस्तानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षालाई वास्तविक रूपमा प्रत्याभूति दिंदै जाने कुरा बताउनुभएको छ। उहाँले १९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पाकिस्तानको चिनियाँ सवार बसमा भएको विस्फोटनको छानबीन कार्यबारे जानकारी दिने क्रममा उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता चाउका अनुसार, चीनले जुलाई १४ तारिख पाकिस्तानमा भएको गाडी विस्फोटन काण्डमा उच्च ध्यान दिंदै त्यसको कडा शब्दमा निन्दा गरेको छ। हाल चिनियाँ संयुक्त कार्यकारी टोलीले पाकिस्तानसँगै मिलेर छानबीन कार्य चलाइरहेको छ। दुवै पक्षले तथ्यलाई पत्ता लगाएर कानुन बमोजिम हत्यारालाई दण्ड सजाय दिनसक्ने चीनको विश्वास रहेको छ।

आतंकवाद पुरै मानव जातिको साझा शत्रु भएकाले अन्तर्राष्ट्रिय समाजसँगै मिलेर आतंकवाद विरोधी सहकार्यलाई सबल पारी विश्व शान्ति र सुरक्षाको संरक्षण गर्दै जान चीन इच्छुक रहेको कुरामा पनि प्रवक्ता चाउले जोड दिनुभएको छ। सीआरआई

Facebook Comments