Thu. May 16th, 2024

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत हौ यान्छीबीच भेटवार्ता

- चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने

काठमाण्डौं, २०७८ साउन १ गते शुक्रबार । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । राजदूत यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा राजदूत हो याङ्छीले नेपाललाई चीन सरकारले कोरोना भाइरस विरुद्धको थप १६ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी दिनुभयो ।

प्रतिउत्तरमा प्रधानमन्त्री देउवाले चीन सरकारलाई हार्दिक धन्यवाद दिनु भएको छ । साथै प्रधानमन्त्री देउवाले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताउनु भएको छ। सो सो कुरा परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति र चिनियाँ राजदूतावासको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा सो कुराको जानकारी गराउनु भएको हो । सो कुरा परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments