Thu. May 16th, 2024

प्रधानमन्त्री देउवाद्वारा कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन

काठमाण्डौं, २०७८ असार ३० गते बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको सिसिएमसीले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

Facebook Comments