Fri. May 3rd, 2024

प्रदेश प्रमुख झाद्वारा बाढी पहिरो र सीमानाको अवस्था बुझ्न स्थलगत भ्रमण

सर्लाही । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा बाढी पहिरो र सीमानाको अवस्था बुझ्न सर्लाही पुग्नु भएको छ ।

केही दिनदेखि तराई मधेसका विभिन्न जिल्लामा परिरहेको अविरल वर्षाबाट भएको क्षति, बाढीपहिरोबाट जनतालाई परेको असुविधा, सिमानाको अवस्था, सीमा क्षेत्र मा बसोबास गर्दै आएका नागरिकका समस्या, सीमा स्तम्भहरुको अवस्था र सीमा सुरक्षाको स्थितीबारे स्थलगत निरीक्षण गर्ने क्रममा सर्लाही जिल्ला स्थित सङ्रामपुर, त्रिभुवन नगर, भाडसर, फेन्हारा र मधुबनी लगायतका स्थानहरुको भ्रमण गर्नुभएको हो ।

प्रदेश प्रमुख झाले दिनु भएको जानकारी अनुसार बाढी पहिरोबाट हुन सक्ने क्षति, सचेतनाको प्रयास, पुर्व तयारी, सीमाक्षेत्रका नागरिकहरुको समस्या बुझन उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।

Facebook Comments