Fri. Apr 26th, 2024

बिहानी नै गलेको छ

- कवि भवानी न्यौपाने "भावना"

काठमाडौं, २०७८ असार १८ गते शुक्रबार । 

-कवि भवानी न्यौपाने भावना

रात रोयो जून रोयो बिहानी नै गलेको छ
हिड्दाहिड्दै एक यात्रा, भित्र मुटु बलेको छ।।

सत्यमार्गी कहाँ भेट्नु देखावटी कलि हो यो
असत्यको वायु चल्दा हृदय नै जलेकोछ।।

गहतेको त्यो रातोमाटो पिपल चौतारीमा
शीतल दिने पिपलु नै आज आँफै ढलेको छ।।

रङ्गी चङ्गी दुनियाँमा साधा मान्छे भेट्न गाह्रो
शान्त बग्ने दिव्य वायु विपरीत चलेकोछ।।

समय नै विशाक्त भै ढल्दैछ नि सोझो वर
सत्य धर्म लत्याएर असत्यनै फलेको छ।।

वर्तमान रुन्छ अब इतिहास बनेपछि
अस्थायी हुन् सबै यहाँ भन्ने कुरा खलेको छ।।

Facebook Comments