Sun. May 19th, 2024

राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेन्ड टिचरले दियो रु ५ लाख

काठमाडौं, २०७८ असार १८ गते शुक्रबार । नेपाली क्रिकेट टिमको मुख्य प्रायोजक माई सेकेन्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप आज एक कार्यक्रम गरि नेपाली क्रिकेट टोलीलाई नगद रु ५ लाख प्रदान गरेको छ ।

यस्तै, माइ सेकेन्ड टिचरले गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही रु १ लाख प्रदान गरेको छ ।

नेपालमा सो सिरिज घरेलु टोली नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको थियो ।

Facebook Comments