Thu. May 16th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको प्रारम्भिक इच्छा जनताको सुखका लागि र राष्ट्रको पुन:उत्थानका लागि कोशिस गर्नु रहेको सीको भनाइ

काठमाडौं, २०७८ असार १६ गते बुधबार । चालु वर्षको जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सव हो। सन् १९२१ देखि सन् २०२१ सम्म एक सय वर्षको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरी विविध कठिनाई जितेर चिनियाँ जनताको दृढ समर्थन प्राप्त गरेको छ।

सन् १९२१ को जुलाई महिनामा चिनियाँ कम्युनिष्ट पार्टीका दश भन्दा बढी सदस्यहरुले जोखिमको बावजुद शाङहाई र च्यासिङको नान हु तालमा रहेको एउटा डुंगामा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय अधिवेशनको आयोजना गरी चिनियाँ कम्युनिष्ट पार्टीको औपचारिक स्थापनाको घोषणा गर्नुभएको थियो। जसबाट लामो इतिहास भएको चीनमा मार्क्सवादलाई निर्देशिका बनाउने सर्वहारावादी वर्गको पार्टीको गठन भएको थियो।

सन् २०१७ को अक्टोबर ३१ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन समाप्त भएको एक सातामै सी चिन फिङले केन्द्रीय समिति राजनीतिक ब्युरोका नव निर्वाचित स्थायी सदस्यहरुलाई डोर्‍याएर शाङहाई र च्या सिङ प्रस्थान गरी चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको इतिहासको पुन:रावलोकन गर्दै नयाँ केन्द्रीय समितिका नेतागणको अटल राजनीतिक संकल्पको घोषणा गर्नुभएको थियो।

सी चिन फिङले धेरै पटक चिनियाँ कम्युनिष्ट पार्टीको “प्रारम्भिक इच्छा” बारे चर्चा गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशनको प्रतिबेदनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रारम्भिक इच्छा र जिम्मेवारी जनताको सुखका लागि र राष्ट्रको पुन:उत्थानका लागि कोशिस गर्नु रहेको उल्लेख छ। सीआरआई

Facebook Comments