Thu. May 16th, 2024

विदेशी मुख्य संचार माध्यमद्वारा सीपीसीको नेतृत्वमा चीन चाँडै सम्पन्न र समृद्ध बन्दै जाने ठहर

काठमाडौं, २०७८ असार १६ गते बुधबार । हिजोआज पश्चिमा संचार माध्यम लगायत विदेशी मुख्य संचार माध्यहरुले के ठहर गरेका छन् भने चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको नेतृत्वमै चीन विपन्न अवस्थाबाट मुक्त भई तुरुन्तै समृद्ध र सम्पन्न बन्दै जानेछ।

बेलायती द इकोनोमिक्सले जुन २६ तारिख ‘एक सय वर्षीय सीपीसी, यसको दीर्घायुको रहस्य’ शीर्षकमा एउटा लेख प्रकाशित गर्दै चीनको आधुनिक प्रविधि र आधारभूत प्रबन्ध तथा अमेरिकाको नराम्रो राजमार्ग र रेलवेसँग तुलना गरिएपछि अमेरिकाले लज्जाबोध गरेको जनाएको छ।

स्पेनको एल्कानो रोयल समाचार संस्थाको वेभसाइटमा एउटा लेख प्रकाशित भएको छ।  उक्त लेखमा सीपीसीले लामो समय रहँदै आएको संकट र अधोगितको अन्त्य गरी देशको एकीकरणलाई साकार तुल्याउँदै गएको जनाएको छ। सीआरआई

Facebook Comments