Tue. Jul 14th, 2026

आस्ट्राजेनेका खोपको दोस्रो मात्रा ढिलो हुँदा पहिलोको असर तत्काल हराउने भन्ने हुँदैन

       

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । आस्ट्राजेनेका खोप बनाउने समूहको नेतृत्व गरेका वैज्ञानिक एन्ड्रयु पोलार्डले दोस्रो मात्रा खोप लिन ढिला भएपनि प्रतिरोधी क्षमता कायमै रहने बीबीसीलाई बताउनु भएको छ ।

अक्सफर्ड आस्ट्राजेनेका खोपको दोस्रो मात्रा ढिलो लगाउँदा त्यो झन प्रभावकारी हुने उहाँको भनाइ छ। विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप आठ देखी १२ हप्ताको अन्तरालमा दिनुपर्ने सुझाव दिँदै आएको छ।

नेपालमा धेरैलाई दिइएको र दोस्रो मात्राको प्रतिक्षा भैरहेको कोभिशिल्ड खोप उक्त अक्सफर्ड-आस्ट्राजेनेका खोपको एउटा नाम हो।

प्राध्यापक पोलार्डले खोपको पहिलो मात्रा लगाएपछि नै त्यसबाट उच्चस्तरको सुरक्षा प्राप्त हुने समेत बताउनु भएको खवर विविसीले लेखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार