Thu. Apr 25th, 2024

भोजपुरका जुम्ल्याहा दाजुभाइ ब्रिटिश आर्मीमा एकसाथ भर्ती

काठमाडौं, २०७८ असार १४ गते सोमबार । भोजपुर जिल्लाको ट्याम्के मैयुङ गाउँपालिका-गोगने गाउँका जुम्ल्याहा दाजुभाइ एकसाथ ब्रिटिश आर्मीमा भर्ती भएका छन् ।

पोखरामा भएको भर्ना छनौट चरण पार गर्दै दाजु धैर्यशील राई र भाइ क्रियाशील राई एकसाथ गोर्खा भर्ती हुनुभएको हो । दाजु धैर्यशील बीबीए सातौं सेमेष्टर र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै हुनुहुन्थ्यो ।

धैर्यशील र क्रियाशीलका बुवा शिवकुमार भने छोराहरुलाई नेपाल सरकारकै अधिकृत बनाउन चाहनुहुन्थ्यो । छोराहरु भर्ती भएर जाउन भन्ने नलागेको बताउँदै शिवकुमारले उनीहरुले आफ्नो इच्छा पूरा गरेकाले त्यसमा आफू खुशी भएको बताउनु भयो ।

शिवकुमारका दाइ परिवारसहित बेलायतमै हुनुहुन्छ । २१ वर्षीय जुम्ल्याहा दाजुभाइले लामो समयदेखि काठमाडौंकै क्लासरुपमबाट तालिम लिनुभएको हो ।

यसपटक ब्रिटिश गोर्खा सैनिकमा अहिलेसम्मकै बढी संख्यामा भर्ना लिएको छ । ५४ जिल्लाका २३ जातजातिकाट ४३२ जना युवा भर्ती भएका छन् ।

Facebook Comments