Sat. May 11th, 2024

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा चीनको आह्वान

काठमाडौं, २०७८ असार १३ गते आईतबार ।  जुन २५ तारिख संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ४७औं सम्मेलन आयोजित भएको छ। सो सम्मेलनको अवधिमा स्वदेशमा घरबार विहीनहरूको मानव अधिकार समस्या विशेष रिपोर्टर अन्तर्क्रिया कार्यक्रम पनि आयोजित भएको छ। कार्यक्रममा चिनियाँ प्रतिनिधिले सम्बोधन गर्दै स्वदेशभित्रै घरबारविहीनहरूको समस्या उत्पन्न भएको कारणबारे अन्तर्राष्ट्रिय समाजले गहन रूपमा सोचविचार गर्न आह्वान गरेका छन्।

केही मुलुकले प्रजातन्त्र र मानवअधिकारको नाउँमा युद्ध गर्दै एकपक्षीय कडा कदम चालेकोले धेरै सर्वसाधारण बेघरबार बनेका छन् भने केही मुलुकमा जातियता चर्कँदै जाने क्रममा देशभित्रै रहेका अफ्रिकी मूलका मानिसहरूका लागि घर प्राप्त हुने दर नै कम हुँदै गइरहेको छ। केही मुलुकमा स्वास्थ्य अधिकार र जीवन अधिकारको वास्ता नगरी महामारीको प्रभावकारी प्रतिरोध नगरेकोले प्रशस्त मानिसहरू बेरोजगार भएर घरबार विहीन भएका छन्। चिनियाँ प्रतिनिधिले सम्बोधन गर्दै यसै विषयमा ध्यान दिएर प्रभावकारी समाधान तरिका पत्ता लगाउन आग्रह गरेका छन्। सीआरआई

Facebook Comments