Sat. May 4th, 2024

जून

- रामबाबु दाहाल, विराटनगर

काठमाडौं, २०७८ असार १२ गते शनिबार । 

ए जून !
तिमी आयौ समिपमा धरासँग
नगिचिँदै कुन साइनोले ?
हामी सदैव छँदै थियौँ यथावत्
र थिएनौँ पनि अन्जानमा पूर्ववत्
यो सामिप्यले चलायमान क्षण
सम्बोधनमा जे भन
तर म
आफैँलाई हराएर खोजेको म
तिमीमा कसरी अनुबाद हुदै छु
आजको जूनको चहकमा
सम्भावना फेरि म
सुटुक्क तिमीमा लुक्दै
म आफुलाई आफैँ खोज्दै छु ।

Facebook Comments