Sat. May 18th, 2024

नेपालको महिला फुटबल फिफा वरीयतामा सुधार

FILE: Nepal National Women's Football team players pose for a portrait before the game. Courtesy: ANFA/facebook

काठमाडौं, २०७८ असार ११ गते शुक्रबार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले आज (शुक्रबार) निकालेको महिला फुटबलको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

अघिल्लो पटकको वरीयतामा १ सय १ औं स्थानमा रहेको नेपाली महिला फुटबल टिम नयाँ वरीयतामा एक स्थानमा सुधार गर्दै १०० औं स्थानमा उक्लिएको छ ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ ।

सार्वजनिक वरियतामा विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन् । रे न्यूज डेली

Facebook Comments