लघु कथा- सासू र बुहारी
- -मिना श्रेष्ठ सबी, खोटांग
काठमाडौं, २०७८ असार १० गते बिहीबार ।
-मिना श्रेष्ठ सबी
छोरा सुसान्तले बिहे गरेर बुहारी लिएर आयो । सासुले भान्सा घरको चाबी दिंदै बुहारीलाई सम्झाउछिन- ल बुहारि ! सबै घरको ब्यबहार तिम्रो हातमा सुम्पिदिए। अब यो घर सबै तिमीलेनै धान्नु पर्छ। सासूको कुरा सुनी बुहारीले भनिन हुन्छ मुमा। नयाँ हुँउन्जेल बुहारीले निक्कै घर सम्हाले झै गरिन्। नयाँ बुहारी हेर्न आउनेको पनि घुइचो नै लाग्यो। कतिले राम्रो कुल घरानाकी भन्दै हिँडे त कतिले कस्ति चन्डाल्नी जस्ती रैछ भन्दै पनि हिँडे।
भोलिपल्ट दुल्हन फर्काउन माईत पठाइयो। छोरी ज्वाइ आउने बित्तिकै आमाले कत्ती दुब्लाईछे मेरी छोरी । कत्ती घरमा दलिएर काम गराएछन् । ज्वाईलाई सोधपुछ गर्न थाल्छन्। सासू पनि कत्ती निर्दयी मेरी छोरीलाई काम दलाएर खानै दिएनछन्। अबदेखि काम नगर्नु सासुको के काम हात खुट्टा सद्देछन। गर्न सक्छनरु यो कुरा सुसान्तले सुनी रहेको हुन्छ। र मन मनै सोच्छ आमाले बुहारीलाई घरको जिम्मेवारी दिएको थियो। कामको बोज थिएन तर उनलाई बोज भएछ । सुसान्तको मनमा कुरा खेल्नथाल्छ र पाँच दिन पछिआफ्नो घर फर्कन्छन् ।
छोरा बुहारी आएको देखेर सासू मख्ख पर्दै छिमेकीहरुलाई भन्छिन । बसन १ बुहारिको कोसेली खएर जाउ । मेरि बुहारी सारै लक्षिणकि छन। यो कुरा सुसान्तले पनि सुन्छ्न् अनि गाउँछिमेकि पनि कोसेली खाएर जान पर्खेर बस्छन तर उर्मिला भने माइत बाट फर्कदा अलि फरक भएकी हुन्छिन। आफ्नी आमाले सिकाएका कुरा मनमा बोकेर आउछिन्। बाउ मरेपछी यहि साहारा छोरा नै हो भन्ठान्छिन्। सुसान्तको आमाले बुहारी ल्याएपछी छोरिको दर्जा दिदै सबै जिम्बेबारी सुम्पिएकी हुन्छिन् तर बिहे गरेलगत्तै बुहारी माइत गएर आएपछी बदलिइन र छोरापनी उर्मिला कै कुरातिर लाग्न थाल्यो। आज भन्यो भोलि भन्यो बिस्तारै दिनहरु बित्तै गए ।
बुढी आमा हेला हुँदै गइन। बुहारीलाई सासू छुनपनी घिन लाग्न थाल्यो। छोरा पनि बुहारीकै कुरामा हिड्न थाल्यो। बुढीआमाको हात खुट्टा बाउडिन लागे। दिनहुँ बुढेस्कालले छोएको थियो। त्यहिबेला छोरा सुसान्त र बुहारी उर्मिलाले स्थाइ रुपमा गाउँ छाडेर शहर बस्न गए। यता आमा थला परेको पनि महिनौ हुन्छ तर बुहारी उर्मिलाले यति पनि सोचिनन कि आमा आमानै हुन । आमाले दिएको मायाँ पवित्र हुन्छ । सासू आमा पनि त आमानै हुन । हेर्ने दृष्टिकोण फरक मात्र हो माया फरक कहिलेपनी हुदैन।
हिँजोसम्म मेरो साहारा छोरा भन्दै दुख काटिरहेकी आमा अन्तिम अबस्थामा कोहि भएनन्। साहारा बुहारिले पनि आफ्नो कर्त्यब्य भुलेर चटक्कै छाडिदिएपछी छोराले पनि आफ्नो आमा भन्दा माथी ससुराली र श्रीमती ठानेपछी बृद्धअबश्थामा एक्लो भएर ओछ्यान परेकी आमा अहिले सम्म पनि जीवन र मृत्यु को दोसाधमा तड्पिरहेकी छन्। सासू र बुहारीको हेर्ने दृष्टिकोण फरक भएरनै त होला। खै कहिले आउला यो समाजमा परिबर्तन ?