Sat. May 18th, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, २०७८ असार १० गते बिहीबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको छ ।

अब पेट्रोलको मूल्य १ सय २७ रुपैयाँ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७ सय ३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

Facebook Comments