Sun. Apr 28th, 2024

चीनद्वारा विकासोन्मुख मुलुकहरूको तर्फबाट मानव अधिकार परिषदमा विश्वको खोपको निष्पक्ष वितरण गर्न आव्हान

काठमाडौं, २०७८ असार ८ गते मंगलबार । स्थानीय समय अनुसार जुन २१ तारिख जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालय र स्वीजर्ल्याण्डस्थित अरु अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ प्रतिनिधि छन् स्यूले मानव अधिकार परिषदको ४७औं सम्मेलनमा कोरोना भाइरस महामारीको सामनाको विषय र मानव अधिकार उच्चायुक्तको छलफलमा विश्वको विभिन्न ६० वटा मुलुकको तर्फबाट सम्बोधन गर्दै खोपको निष्पक्ष वितरण गर्न आव्हान गर्नुभएको छ।

छनले खोप नै महामारी पराजित गर्ने सशक्त उपकरण भएको बताउँदै त्यसैले खोप विश्वको सार्वजनिक वस्तु हुनुपर्ने, विश्वले निष्पक्ष रुपमा खोप वितरण गर्ने सम्बन्धमा संयुक्त राष्ट्र संघद्वारा गरिएको आह्वानको समर्थन चीनबाट हुँदै आएको तथा सबै मुलुकहरूसँग प्रतिवद्धतालाई व्यवहारिक कारवाहीको रुपमा मोड्न र विकासोन्मुख मुलुकहरूले कोरोना भाइरस खोप प्राप्त गर्न आग्रह गरेको कुरा बताउनुभयो।

धेरै मुलुकहरूले चीनले विकासोन्मुख मुलुकहरूलाई खोप उपलब्ध गराएकोमा कृतज्ञता ज्ञापन गरेका छन्। चीनको सम्बोधनले विकासोन्मुख मुलुकहरूको मनबाट आएको आवाज देखाएको छ। चीनले विभिन्न मुलुकले खोपको निष्पक्ष वितरणको समर्थन दिनसक्ने आशा लिएको छ। सीआरआई

Facebook Comments