Fri. May 17th, 2024

सोध्यौ खै जनताका आशा कति छन् ?

- तिला लेकाली, बेलबारी, मोरङ।

काठमाडौं, २०७८ असार ७ गते सोमबार । 

-तिला लेकाली

सोध्यौ खै जनताका आशा कति छन् ?
अनि तिमीसँग गुनासा कति छन् ?
नानी सहित आफु नै फाँसी चढ्ने
दुरदराजका निरासा कति छन् ?
घरी प्याट्ट फुट्ने घरी ल्याप्प मिल्ने
तिम्रो राजनीतिका भाषा कति छन् ?
धोती टोपी फाल्दै लड्डु खुवाउने
देखाइ सक्यौ कि, तमासा कति छन् ?
समय भयो लौ अब युवा जुट्छ
एकेक खोजी हुन्छ ब्वाँसा कति छन् ?

Facebook Comments