Tue. Apr 16th, 2024

नेपाली काँग्रेसको तेस्रो जागरण अभियान माघ १६ गतेदेखि

ललितपुर, मङ्सिर २६ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले ७५३ स्थानीय तहमा केन्द्रीत रहने तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, सानेपामा बिहीबार बसेको बैठकमा प्रस्तावित प्रस्तावसम्बन्धि निर्णय गर्न मङ्सिर २९ गते पुनः बैठक बस्ने निर्णय भएको पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदन सम्बन्धी प्रस्ताव पनि राखिएको छ ।
बैठकमा ४१ वटा केन्द्रीय विभागहरुसहित विभिन्न प्रस्तावहरु पनि प्रस्तावित गरिएको छ ।

बैठकमा महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राख्नु भएको थियो । गोरखापत्र अनलाइन

Facebook Comments