Thu. May 2nd, 2024

बाढीपहिरो पीडितलाई भूपालमानसिंह कार्की प्रज्ञापरिषदद्वारा १० लाख सहयोग

काठमाडौं, २०७८ असार ५ गते शनिबार । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

सो रकमबाट एभिन्युज टेलिभिजन मार्फत राहत प्रदान गरिनेसमेत भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको छ ।

स्मरणरहोस्-भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष कोरोना सङ्क्रमणका पीडितका लागि पनि सातै प्रदेशमा खाद्यन्न, स्वास्थ्य सामाग्री र मास्क लगायत ३१ लाख ३० हजार रूपियाँ प्रदान गरेको थियो ।

Facebook Comments