Sat. Apr 20th, 2024

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

काठमाडौं, २०७८ असार २ गते बुधबार । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

प्रिमियर लिगले बुधबार सन् २०२१/२२ को सिजनको सार्वजनिक खेल तालिका अनुसार प्रिमियर लिगको नयाँ सिजन अगस्ट १४ बाट सुरु हुनेछ । सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन १० खेलहरु हुनेछन् ।

पहिलो खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटि र टोटनह्याम हर्सस्पर्सबीच खेल खेलेर नयाँ सिजनको सुरुवात गरिनेछ ।

Facebook Comments