Thu. Apr 25th, 2024

देउवा, नेपाल र प्रचण्डबीचको भेटघाट सम्पन्न

काठमाडौं, २०७८ असार १ गते मंगलबार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट सम्पन्न भएको छ । सोमबार बेलुकी सम्पन्न भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

यसै गरि भेटर्वार्तामा गठबन्धनले एक अर्कालाई उपयोग गर्ने होइन राष्ट्र,सविधानको रक्षा र जनताको हितको सुविधालाई अभिबृद्वी गर्ने विषयमा प्रतिबद्वता जनाएको उहाँले बताउनुभयो । आपसी गठबन्धनको बारेमा छलफल र अविस्वासले उत्पन्न गराउने बारे सजग रहने विषयमा पनि प्रतिबद्धता गरिएको उहाँले बताउनुभयो ।

अदालतमा विचारधिन रहेको मुद्धामा छलफल र पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना भेटमा गरिएको गौतमले जानकारी दिनुभयो । उहाँहरुबीच भेटघाट पूर्वप्रधानमन्त्री नेपाल निवास कोटेश्वरमा भएको थियो । भेट साढे ५ बजे देखि पौने सात बजे सम्म भएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments