Thu. May 9th, 2024

चीनमा “अगाडि जाने बाटोको सर्वेक्षण” सम्बन्धी ५२ बुँदे कदम

काठमाडौं, २०७८ जेठ ३० गते आईतबार । हाल “साझा समृद्धि नमुना क्षेत्रको उच्च गुणस्तरीय विकास र निर्माण गर्न चच्याङलाई समर्थन सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्को राय सुझाव”लाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। त्यसैगरी चच्याङ प्रान्तीय समितिले जोडतोडसँग त्यस राय सुझावको अनुसन्धान गर्दै त्यसलाई व्यवहारमा उतारेर साझा सम्पन्नताको नमुना क्षेत्रको उच्च गुणस्तरीय विकास र निर्माणलाई अघि बढाउँदै जानेछ।

चच्याङ प्रान्तीय समितिका सचिव युआन च्या च्युनका अनुसार, चच्याङ प्रान्तले साझा सम्पन्नता सम्बन्धी राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण विचारधारालाई निष्ठापूर्वक व्यवहारमा उतार्दै समस्त देशको साझा सम्पन्नताका लागि अगाडि हिँडेर बाटोको सर्वेक्षण गर्नुपर्छ।
यसका अतिरिक्त चच्याङ प्रान्तले वैज्ञानिक र प्राविधिक सिर्जनशीलता र डिजिटलाइजेसनमार्फत उत्पादित शक्ति र उत्पादन सम्बन्धलाई अघि बढाउनुका साथै आर्थिक आधार र माथिल्लो तहलाई अझ उच्च स्तरमा पुर्याउँदै जाने अठोट पनि सचिव युआनले व्यक्त गर्नुभएको छ। सीआरआई
Facebook Comments