Tue. Dec 24th, 2024

गण्डकी प्रदेश सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश

काठमाडौं, २०७८ जेठ २८ गते शुक्रबार । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गर्नुभएको थियो ।

प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै गठबन्धनमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी) केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गे रहनुभएको छ ।

केन्द्र सरकारमा भने जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष नेकपा एमाले नेतृत्वको सरकारमा सामेल भएको छ । प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो । गोरखापत्र अनलाईन

Facebook Comments