२०८३ आश्विन २६, सोमवार

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ

- मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

       

२०७८ जेठ २७ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्नुभएको थियो । सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीको सिफारिसमा २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । संविधानमा बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । आज शपथ खानुहुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहनुभएको छ ।

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
1.               श्री खगराज अधिकारी मन्त्री गृह
2.               श्री राजकिशोर यादव मन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति
3.               श्री नैनकला थापा मन्त्री सञ्चार तथा सूचना प्रविधि
4. श्री ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास
5.               श्री नारद मुनि राना मन्त्री वन तथा वातावरण
6. श्री गणेशकुमार पहाडी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
7. श्री मोहन बानिया मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

 

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
1.               श्री  केपी  शर्मा ओली प्रधानमन्त्री रक्षा
2.               श्री  विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
3.               श्री रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र
4.              श्री राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास
5.               श्री खगराज अधिकारी मन्त्री गृह
6. श्री शरतसिंह भण्डारी मन्त्री ऊर्जा,  जलस्रोत तथा सिंचाई
7.               श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा,  विज्ञान तथा प्रविधि
8.              श्री अनिलकुमार झा मन्त्री खानेपानी
9.               श्री शेरबहादुर तामाङ मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
10.           श्री राजकिशोर यादव मन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति
11. श्री लक्ष्मणलाल कर्ण मन्त्री भूमि व्यवस्था,  सहकारी तथा गरिबी   निवारण
12.            श्री  बसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
13.            श्री लिलानाथ श्रेष्ठ मन्त्री कानून,  न्याय तथा संसदीय   मामिला
14.          श्री नैनकला थापा मन्त्री सञ्चार तथा सूचना प्रविधि
15. श्री ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास
16. श्री बिमलप्रसाद श्रीवास्तव मन्त्री श्रम,  रोजगार   तथा सामाजिक सुरक्षा
17.           श्री उमाशंकर अरगरिया मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
18.           श्री चन्दा चौधरी मन्त्री महिला,  बालबालिका तथा ज्येष्ठ   नागरिक
19.           श्री एकवाल मियाँ मन्त्री युवा तथा खेलकुद
20.           श्री नारद मुनि राना मन्त्री वन तथा वातावरण
21. श्री गणेशकुमार पहाडी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
22. श्री मोहन बानिया मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
23. श्री चन्द्रकान्त चौधरी राज्यमन्त्री ऊर्जा,  जलस्रोत तथा सिंचाई
24.          श्री रेणुका गुरूङ राज्यमन्त्री महिला,  बालबालिका तथा ज्येष्ठ  नागरिक
25.           श्री आशाकुमारी वि.क. राज्यमन्त्री वन तथा वातावरण

Facebook Comments