Sat. May 4th, 2024

पार्टी एकताको लागि अध्यक्ष ओलीको सार्वजनिक बक्तव्य सकारात्मक: योगेश भट्टराई

काठमाडौं, २०७८ जेठ २४ गते सोमबार ।

 नेकपा एमालेका युवा नेता योगेश भट्टराइले अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य मार्फत गर्नु भएको एकताको आह्वान सकारात्मक भएको बताउनु भएको छ । उहाँले आफ्नो आधिकारिक फेसबुक मार्फत यसबाट कार्यदलस्थलको छलफललाई पुन निरन्तरता दिन बाटो खोलेको पनि उल्लेख गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ ।  कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ ।

पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । उहाँले सर्बोच्चमा बिचाराधीन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ भन्दै अगाडि भन्नु भएको छ, सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्ष नेतृत्वकाबीचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आव्हान गर्नुहुँदै आईतबार साँझ पार्टीलाई २०७५ जेठ ३ पूर्वकोअबस्थाबाट अगाडि बढाउने विज्ञप्ति मार्फत प्रतिवद्धता व्यक्त गर्नुभएको हो । गोरखापत्र अनलाईन

Facebook Comments